काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि सुजाता कोइरालाले पूर्व महामन्त्री प्रकाशमान सिंहको टिमबाट उपसभापति उठ्ने हुनुभएको छ ।
प्रकाशमान सिंह पक्षका एक नेताका अनुसार अहिलेसम्मको समझदारी अनुसार नेतृ कोइरालालाई उपसभापति उठ्ने निर्णय भएको हो ।
ती नेताका अनुसार प्रकाशमान नेतृत्वको टिमबाट सुजाता उपसभापतिको उम्मेदवार बन्ने निश्चित भएको छ । नेतृ कोइरालाको उम्मेदवारी घोषणा केही बेरमा हुने बताइएको छ ।
सभापतिका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएका प्रकाशमानले आज आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार १० : ३५ बजे
प्रतिक्रिया