केही साना दललाई काँग्रेसले हात नसमाउँला भन्ने पिर छ   ः अध्यक्ष ओली

एमालेले अरूको भरमा राजनीति  गर्दैन ,​​​​​​​ काग्रेंस आफ्नै एजेण्डामा हिँड्न सकोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय साना  दलहरूलाई काग्रेंसले औला समाउन नदेला भन्ने पिर परिरहेकाले हामी एक हुनुपर्छ मात्र भनिरहेको बताउनुभएको छ । 

नेपाली काग्रेंसको १४ औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना सन्देश दिनुहुँदै ओलीले कतिपय नेताहरूलाई देश विकासको चिन्ता भन्दा पनि सरकारबाट हट्नु पर्ला कि भने  चिन्ता परिरहेको बताउनुभयो । ‘सँगै जान भनेको सरकारमा मात्र होइन चुनावमा पनि । सँगै जाने भनेको हो ? सँगै जाने सरकारको लागि कि विकास र सम्मृद्धिको लागि ? सरकारबाट हट्नुपर्ने हो कि भन्ने कतिपयलाई चिन्ता होला तर एमालेलाई छैन । हामी सँगै छैनौ । एमाले एक्लै हिँड्न रहर गर्दैन र अरूको भरमा राजनीति पनि गर्दैन ।’ओलीको भनाई थियो । 

उद्घाटन समारोहमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूलाई जनताले चोर भन्न थालेको अभिव्यक्तिको खण्डन गर्दै ओलीले कतिपय नेताहरू जनताको बीचबाट उठेर स्थापित भइरहेको नर्विसन आग्रह गर्नुभयो । लिङदेनको अभिव्यक्तिलाई उहाँले भरखरको बाछाको हिँडाइको संज्ञा दिनुभयो ।  उहाँले भन्नुभयो,‘भरखर भरखर अध्यक्षमा छानिएको रापताप होला,भरखर भरखरको बाछो हिँड्न जाँदैन, बढी नै कुद्छ ,नयाँ नयाँ सभापति अलि रापताप बढिनै होला अलिक समयमा ठिक आउँला ।’

ओलीले आ–आफ्ना स्वार्कोथकाे रोटी सेकाउने कुरा र त्यस अनुसारको राजनीति गर्न नहुने बताउनुभयो । 

उहाँले देशको राजनीति र अर्थतन्त्र र सामाजिक विकास र संस्कृतिलाई रक्षा सवंद्घन गर्ने अभिभारा गर्ने मूलभूत दायित्व नेकपा एमाले र नेपाली काग्रेंसकै भएको बताउनुभयो । 

उहाँले राष्ट्रियता, विकास शुसान, सामाजिक न्याय र समानताको पक्षमा नेपाली काग्रेंससँग सहकार्य गर्न नेकपा एमाले तयाररहेको पनि बताउनुभयो । ओलीले नेपाली काग्रेंस अरूको एजेण्डामा नभई आफ्नै एजेण्डामा हिँड्न सकोस् भनि शुभकामना दिनुभयो ।  

 

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : ११ बजे