कांग्रेसलाई सम्झाउन जान्छु भनेर आउनुभएको ओलीले भन्नुभयो – कांग्रेस अर्काको एजेण्डमा नहिडोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव दिनुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गर्नुभएको छ । उहाँले महाधिवेशको शुभकामना दिँदै भन्नुभयो , ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिड्न छाड्नु पर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’

कांग्रेसको महाधिवेशनमा आउनुअघि एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टी कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँ त्यहाँबाट कांग्रेसलाई सम्झाउन जान्छु भन्दै निस्किनु भएको थियो । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ४ : ५८ बजे