काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १० हजार ४८७ जनामा परिक्षण गर्दा २५९ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप ३३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५५२ पुगेको छ ।
प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार ४ : ०१ बजे
प्रतिक्रिया