एक हप्तादेखि महिला सम्पर्कविहीन

वालिङ – स्याङ्जाको वालिङ नगरपालिका–१४ भङ्गेनीकी ४८ वर्षीया पूर्णकुमारी न्यौपाने (पुतली) एक हप्तादेखि सम्पर्कविहीन हुनुभएको छ ।

मानसिक सन्तुलन गुमाएकी उनी गत शनिबारदेखि परिवारका सम्पर्कमा नरहेको दाजु खुमलाल न्यौपानेले जानकारी दिनुभयो । “पूरै होस् पाउँदिनन्, कता गइन् कता केही पत्तै लागेको छैन”, उहाँले भन्नुभयो, “ आफन्त, इष्टमित्र कहाँ फोन गरेर बुझ्यौँ अत्तोपत्तो लागेको छैन ।” गाउँघर वरिपरि बारी, खोल्साखोल्सी, वन जङ्गल जताततै खोजी गरिरहेको र नपाइएपछि बिहीबार वडा प्रहरी कार्यालय वालिङमा खोजी गरिदिन निवेदन दिइएको उहाँले बताउनुभयो ।

रासस

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  २ : ५२ बजे