दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्घाखाँची – बहुविवाह मुद्दाका फरार प्रतिवादी सन्धिखर्क नगरपालिका-१० बस्ने ३३ वर्षीय बसन्त नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत अर्घाखाँचीको २०७१ माघ १३ गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले गुल्मी रेसुङगा नगरपालिका-९ उपल्लो तम्घासमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ५६ बजे