सुनको मूल्यमा नयाँ कीर्तिमान

इजिप्टका राष्ट्रपति र इरानका विदेशमन्त्रीबीच भेटवार्ता

कायरो – इजिप्टका राष्ट्रपति र इरानका विदेशमन्त्रीबीच बिहीबार भेटवार्ता भएको छ । हाल इजिप्टको भ्रमणमा रहेका इरानी विदेशमन्त्री याइर लापिदले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीलाई बिहीबार भेट गर्नुभएको हो ।सो भेटका क्रममा दुई देशबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ । साथै उहाँहरुका बीचमा क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध र सुरक्षाका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

सो अवसरमा इजिप्टका राष्ट्रपति सिसीले मध्यपूर्वमा शान्ति र स्थायित्वका विषयमा आफू सकारात्मक रहेको तथा त्यस सम्बन्धमा आफू कार्यरत रहेको जानकरी दिनुभएको थियो ।साथै इजिप्टका राष्ट्रपति सिसीले इजरायल र प्यालेस्टाइनी बिवादको शान्तिपूर्ण रुपमा समाधान आओस भन्ने पक्षमा आफू रहेको धारणा पनि राख्नुभएको समाचारमा जनाइएको छ ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १२ : २० बजे