दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु 

देउखुरी । दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडक खण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा१च ३८५ नंको बोलेरोले रा४प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याए लगतै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : १६ बजे