सुनको मूल्यमा नयाँ कीर्तिमान

कर्जाको ठूलो हिस्सा आयातमा लगानी;व्यापारघाटा चुलिँदै

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जाको ५० प्रतिशत आयातमै लगानी हुन थालेको छ । आयात उच्च वृद्धि भएसँगै बैंकहरूको कर्जाको ठूलो हिस्सा पनि यसैमा खर्च भएको हो । 

बिहीबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले कर्जाको ठूलो हिस्सा आयातमा जाँदा बजारमा तरलता अभाव भएको जानकारी दिए । 

उच्च आयातका कारण व्यापारघाटा चुलिँदै गएको भन्दै उनले विलासी सामान आयातमा कडाइ गर्ने नीति लिएकोसमेत जानकारी दिए । 
राष्ट्र बैंकले केही समयअघि चाँदी आयातमा कडाइ गरिसकेको छ ।

यसैगरी निक्षेप र कर्जाको वृद्धिको ग्यापले पनि तरलतामा असर गरेको गभर्नर अधिकारीको भनाइ थियो । ‘६४ अर्व निक्षेप बढ्दा ४११ अर्व कर्जा प्रवाह भएको छ’ उनले भने,  ‘प्रवाह भएको कर्जा पनि आयातकै लागि प्रयोग हुँदा तरलताको समस्या भएको हो ।’ 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ३ : २७ बजे