महाधिवेशनमा २५–२५ लाख दिएकाका विनोद चौधरी र उमेश श्रेष्ठले केन्द्रीय सदस्यमा उठ्नै नपाउने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि राज्यमन्त्रीसमेत रहेका नेता उमेश श्रेष्ठले २५ लाख, सांसद विनोद चौधरीले २५ लाख दिनुभएको छ ।

त्यसैगरी काग्रेंसका नेता जीपछिरिङ लामाले २५ लाख रूपैयाँ महाधिवेशन गर्न खर्च दिनुभएको छ । काग्रेँसले महाधिवेशन अवधिभर सात करोड रूपैयाँ खर्च हुने भन्दै रकम उठाइरहेको छ । जस्कालागि कांग्रेसले सञ्चारमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा आर्थिक समिति बनाएर रकम उठाइरहेको छ । 

चन्दा सहयोग गर्ने कार्की र अर्बपती व्यापारी दुबैले काग्रेंसको केन्द्रीय सदस्य बन्ने दाउँमा छन् । रोचक कुरा त यी दुबै नेताले केन्द्रीय सदस्यतामा दाबी गर्न पाउने छैनन् । कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्नका लागि उनीहरूको योग्यता पुग्दैन । 

कांग्रेसको विधानमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नका लागि क्रियाशील सदस्यता लिएको १० वर्ष पुरा भएको हुनुपर्ने प्रावधान छ। तर यी दुवै नेताले कांग्रेस क्रियाशील सदस्यता लिएको १० वर्ष पूरा भएको छैन।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ३ : १६ बजे