देउवा फेरी पनि दोहोरिनु पर्छ : बालकृष्ण खाण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले सभापतिमा फेरि शेरबहादुर देउवा नै दोहोरिनु पर्ने बताउनुभएको छ । 
पार्टी एकता र कार्यकर्ताको वृहत्तर हितका निम्ति पनि सभापतिमा देउवा नै अर्को कार्यकालका लागि पनि आउनुपर्ने खाणको तर्क छ।

केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका खाणले पत्रकारहरूसँगको कुराकानीमा सभापतिमा देउवाको निरन्तरता आवश्यक रहेको बताउनुभयो ।

उहाँले सभापतिमा देउवालाई नै महाधिवेशन प्रतिनिधिले चयन गर्ने दाबीसमेत गर्नुभयो । 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ३ : ०४ बजे