कांग्रेस बैठक सम्पन्न : वरिष्ठ नेता पाैडेलकाे बहिष्कारकाबीच महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । 

सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिनुभयो  । 

वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गर्नुभएको थियो । 

काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ । 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : ५३ बजे