कांग्रेस महाधिवेशन: प्रत्येक दिन माछा मासु, हरेक दिन फरक मेनु

​​​​​​​काठमाडौँ । भोलि शुक्रबारदेखि नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भृकुटी मण्डपमा सुरु हुँदैछ । 

महाधिवेशनमा स्वाद नदोहोरिने गरी प्रत्येक दिन खानाको मेनु फरक फरक राखिएको छ  । खाना व्यवस्थापन अनुपम फुडल्यान्ड र दियालो फुडल्यान्डले गर्दैछ । खाना खुवाउने व्यवस्था सहज पार्न ३० वटासम्म स्टल राख्ने तयारी समेत गरिएको छ ।

खानाको मेनुमा मांसाहारी र शाकाहारी खानाका लागि छुट्टाछुट्टै स्टल राखिने छ  भने एक सय ६० जनशक्तिले दुई सिफ्टमा काम गर्नेछन् । 

यस्तो छ  महाधिवेशनको खाना मेनु:

 २४ मंसिर (उद्घाटनको दिन)

डिनर (६ देखि ८ बजेसम्म) : जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।

 २५ मंसिर

ब्रेकफास्ट (७ बजेदेखि १० बजेसम्म) : चना, उसिनेको अन्डा, ब्रेड जाम, चिया र कफी ।
लन्च (११ देखि २ बजेसम्म) : जिरा राइस, चिकेन करी, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही ।
डिनर (६ देखि ८ बजेसम्म) : प्लेन राइस, मटन करी, चिकेन रोस्ट, भेज करी, दाल फ्राइ, साग, सलाद, मेथी अचार र दही ।

 २६ मंंसिर

ब्रेकफास्ट (७ बजेदेखि १० बजेसम्म) : हलुवा, पुरी, तरकारी, चिया र कफी ।
लन्च (११ देखि २ बजेसम्म) : भेज पुलाउ, मटन करी, चिकेन फ्राइ, दाल तड्का, भेज कडाइ, मिक्स साग, सलाद, मिक्स अचार र फ्रुट एन्ड कर्ड ।
डिनर (६ देखि ८ बजेसम्म): जिरा राइस, चिकेन करी, फिस फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, आँप अचार, स्विट योगर्ट ।

२७ मंसिर

ब्रेकफास्ट (७ बजेदेखि १० बजेसम्म) : पराठा, तरकारी, अचार, चिया, कफी
लन्च (११ देखि २ बजेसम्म) : प्लेन पुलाउ, मटन करी, फिस फ्राइ, मिक्स दाल फ्राइ, मिक्स भेज करी, रायो साग, सलाद, हट पिकल, दही
डिनर (६ देखि ८ बजेसम्म) : जिरा राइस,  चिकेन करी, चिकेन रोस्ट, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १२ : ४८ बजे