‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रजातन्त्रवादी चिकित्सक सङ्घको अध्यक्षमा डा कार्की निर्वाचित

चितवन ।  प्रजातन्त्रवादी चिकित्सक सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित हुनुभएको छ । 

सङ्घको तेस्रो महाधिवेशनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डा कार्कीको नेतृत्वमा ४३ सदस्यीय नयाँ समिति सर्वसम्मत निर्वाचित भएको हो ।

समितिको केन्द्रीय उपाध्यक्षमा डा विक्रान्त ढकाल, बागमती प्रदेश संयोजक तथा उपाध्यक्षमा डा मनोरदी सैयद, महासचिवमा डा संयुक्त आचार्य, कोषाध्यक्षमा डा समाज गौतम, सहकोषाध्यक्षमा डा अजय साह, सचिवमा डा पवन हमाल र सुशील तिमिल्सिना निर्वाचित हुनुभएको छ ।
 
महाधिवेशनको नेपाली कांग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा चोपलाल भुसाल, डा अन्जनीकुमार झा, डा मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा शिवजी पौडेललगायत वक्ताले नेपालको स्वास्थ्य अवस्था र चिकित्सकको उचित सहभागिताका बारेमा प्रकाश पार्नुभएको थियो ।
 
निर्वाचित अध्यक्ष कार्कीले चिकित्सकको अधिकारका लागि आफ्नो लगाईं निरन्तर रहने बताउनुभयो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : ५९ बजे