सुनको मूल्यमा नयाँ कीर्तिमान

आन्तरिक चुनौतीका बीच अमेरिकाले लोकतन्त्रबारे शिखर सम्मेलन गर्दै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार विश्वव्यापी नेताहरूलाई लोकतन्त्रको लागि  नयाँ र कडा प्रतिबद्धताहरू व्यक्त गर्ने वाचासहित शिखर सम्मेलनको आयोजना गर्दैछन्। 

यद्यपि अमेरिका आफैंले आफ्नो लोकतान्त्रिक परम्परा र घरभित्रैबाट लोकतन्त्र माथि केही गम्भीर खतराहरूको सामना गरिरहेको छ।

राष्ट्रपति बाइडेनले प्रजातन्त्रको लागि प्रशासनको उद्घाटन शिखर सम्मेलनको शुभारम्भ गर्दा विश्व लोकतन्त्र अझै पनि काम गर्न सक्छ भनेर देखाउने दृढ संकल्प व्यक्त हुने अपेक्षा छ । जुन अमेरिका आफैंं लोकतान्त्रिक दुनियाँमा लामो समयदेखि ज्वलन्त उदाहरण मानिएको राष्ट्र हो। अहिले अमेरिकाका विभिन्न तह र तप्कामा लोकतान्त्रिक अभ्यासमा विभिन्न संघ(संस्थामा व्यापक प्रश्न चिन्ह उठेका छन् ।

पछिल्ला दिनहरूमा विद्यालय सञ्चालक समितिको बैठक, निर्वाचन कार्यालय र टाउन हलमा आक्रोशित स्वरको द्वन्द्वका बीच स्थानीय निर्वाचित पदाधिकारीहरूले डरलाग्दो दरमा राजीनामा दिइरहेका छन् । राज्यहरूले मतपत्रमा पहुँच सीमित गर्न कानूनहरू पारित गर्दैछन् जसले गर्दा अमेरिकीहरूलाई मतदान गर्न अझ गाह्रो बनाउँदैछ।  जनवरी ६ मा क्यापिटलमा भएको आक्रमणले अमेरिकी राजनीतिक दलका धेरैलाई डोनाल्ड ट्रम्पको चुनावमा धाँधली र चोरी भएको झूटो दाबीमा अडिग रहन बाध्य पार्यो र भोटको शुद्धतामा प्रश्न उठाएको छ ।

यसै बीच अमेरिकाले विश्वभर अझ राम्रो सन्देश दिनुपर्नेमा स्वदेशी र विदेशी आलोचकहरू जोड दिन्छन् ।

‘के हाम्रो लोकतन्त्रले हामीलाई अलग पारेको झूट, क्रोध, घृणा र डरलाई जित्न सक्छ’ क्यापिटल विद्रोहको महिनौं पछि बाइडेनले आफ्नो अध्यक्षताको शुरुमा कांग्रेसको संयुक्त सत्रमा प्रतिप्रश्न गर्नुभएको थियो ।

‘अमेरिकाका विरोधीहरू, संसारका निरंकुशहरू, हामी सक्दैनौं भनेर आरोप लगाइरहेका छन्।’ उहाँले भन्नुभइको थियो । 

विश्वको अग्रणी प्रजातन्त्रका लागि यो एक अस्तव्यस्त क्षण हो किनकि विश्वभर अधिनायकवाद बढ्दै गएको छ, जसले संयुक्त राज्य अमेरिकाको क्षमतामा प्रश्न खडा गरिरहेको छ। 

दुई दिने भर्चुअल शिखर सम्मेलनको लागि सहयोगीहरू भेला हुँदा ह्वाइट हाउस ‘नम्रताको ठाउँबाट’ बैठकमा आउँदैछ, अमेरिकाले यो बुझेको छ कि कुनै पनि लोकतन्त्र पूर्ण छैन र अमेरिका पनि पूर्ण होइन । 

उक्त शिखर सम्मेलनमा  लगभग ११० देशहरू सहभागी हुने र तिनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न नयाँ प्रतिबद्धताहरू घोषणा गर्ने उद्देश्यले  बाइडेनले राजधानीको मार्टिन लुथर किंग जूनियर मेमोरियलको वार्षिकोत्सव समारोहमा गरे जस्तै घरमै मतदान अधिकारको महत्त्वको बारेमा बोल्ने योजना बनाएको अधिकारीले जनाएका छन्  । त्यस समयमा राष्ट्रपतिले मतदानलाई ‘त्यो मौलिक अधिकारू भनेका थिए र यसलाई सबैभन्दा गैर÷अमेरिकी चीजू कल्पना गर्न सकिने कुराको रूपमा कटौती गर्ने प्रयासहरूको निन्दा गरेका थिए।

यसै बीच राष्ट्रपति बाइडेनले आफ्नो महत्वाकांक्षी घरेलु एजेन्डा, ९४ (ट्रिलियनको पूर्वाधार बिल) को कानूनमा हस्ताक्षर गरेका छन् । साथै लगभग ४ २ ट्रिलियन (बिल्ड ब्याक ब्याक बेटर एक्ट) सामाजिक र जलवायु परिवर्तन पहलहरू सिनेट मार्फत अघि बढ्दै छ । यदि त्यसो भएमा लोकतन्त्रले जनता र विश्वको पक्षमा कसरी काम गर्छ भन्ने राम्रो सन्देश दिन सक्ने बाइडेनको दाबी छ । 

‘संयुक्त राज्य अमेरिकामा समृद्ध लोकतन्त्र छ । तर हालका वर्षहरूमा यसले पीडा दिइरहेको छ’, फ्रिडम हाउसका अध्यक्ष माइकल अब्रामोविट्जले  टिप्पणी गरेका छन् । ‘अहिले हामी अमेरिकामा यस्तो चरणबाट गुज्रिरहेका छौं । जहाँ केही काम गर्न र लोकतन्त्रले डेलिभर गर्न सक्छ भनेर प्रमाणित गर्न धेरै गाह्रो छ’, उनले भनेका छन्।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : ४९ बजे