सुनको मूल्यमा नयाँ कीर्तिमान

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतीय सेनाका पूर्व सेना प्रमुख रावतको शुक्रवार अन्त्येष्टि गरिने

नयाँ दिल्ली । हेलिकप्टर दुर्घटनामा परेर बुधवार मृत्यु भएका भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ(सीडीएस) तथा पूर्व सेना प्रमुख जनरल विपिन रावतको शुक्रवार अन्त्येष्टि गरिने भएको छ । 

भारतीय वायुसेनाले एक ट्विट गर्दै पूर्व सेना प्रमुख जनरल रावतको शुक्रवार अन्त्येष्टि गरिने जानकारी दिएको हो । 

उहाँको शव आज दिल्ली ल्याइदैछ । पूर्व सेना प्रमुख जनरल रावत चढेको भारतीय वायु सेनाको एमआई–१७ भी ५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उहाँकी श्रीमतीसहित १३ जनाको मृत्यु भएको थियो । 

हेलिकोप्टरमा १४ जना सवार रहेका थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन जाँच बुझ आदेश दिइएको सेनाले जनाएको छ । भारतीय सेनाका पूर्व प्रमुख रावत सन् २०२० को जनबरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुनुभएको थियो।

रक्षा मन्त्री राजनाथ सिंहले दुर्घटनाबारे आज संसद्मा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ  ।  एजेन्सी 

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : ११ बजे