शनिबारदेखि देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

बिहीबार दिउँसो प्रदेश नं १ को भू–भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

राती प्रदेश नं १ र प्रदेश नं २ को भू–भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र प्रदेश नं २  का भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ७ : १३ बजे