‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ऋषिङ कपको उपाधि गलकोट नगरपालिकालाई

तनहुँ । ऋषिङ गाउँपालिकाले आयोजना गरेको खुला अन्तर पालिका स्तरीय अध्यक्ष कप पुरुष भलिबलको उपाधि बागलुङको गलकोट नगरपालिकाले उचालेको छ ।

बुधवार ऋषिङको झापुटार खेल मैदानमा भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै गलकोटले उपाधि उचालेको हो ।

उपाधिसँगै गलकोटले नगद १ लाख ४० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता शुक्लागण्डकीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ७ : १० बजे