‘एउटै नाउरको सिकार गर्न २३ लाख’

किट अभावले पिसिआर परिक्षणमा रोक

काठमाडौँ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ ।

अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताउनुभयो । उहाँले बाहिरबाट समयमा  किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताउनुभयो । 

“हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।” उहाँका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।
 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : ०८ बजे