महाधिवेशनपछि एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । १० औं महाधिवेशनपछि पहिलो पटक एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

बैठक २५ र २६ मा भक्तपुरस्थित जर्मनहाउस हस्पिटालीटी गठ्ठाघरमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए।

बैठक विहान ११ बजे बस्ने छ । बैठकमा वाँकी रहेका केन्द्रीय सदस्यको सपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनय, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन र नेताहरुको कार्यविभाजन लगायतका १५ एजेण्डा रहेका छन्। 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : ३३ बजे