मुस्ताङ – बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ बस्ने ४० वर्षीय आङ्गा गुरुङ लगायत ५ जनालाई गोरू काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित कागबेनीमा गोरू काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार ५ : ०२ बजे
प्रतिक्रिया