काठमाडौं । कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएको शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।
उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।
प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार ३ : ३८ बजे
प्रतिक्रिया