सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतीय सेना प्रमुख चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना

​​​​​​​​​​​​​​​​​​​​​काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म चार जनाको शव फेला परेको छ भने ७ जना घाइते भेटिएका छन् । 

उक्त हेलिकोप्टरमा सेनापति रावतसहित उनको परिवार गरी  १४ जना सवार थिए । 
भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ । दुर्घटनाको कारण खराब मौसम  भएको बताइएको छ ।  

रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टर भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ।

दुर्घटनास्थलको भिडिओमा हेलिकप्टरमा आगलागी भएको देखिन्छ। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । घाइतेहरूको अवस्था गम्भीर छ। 

हेलिकप्टरमा सवार व्यक्तिको विवरण ः 

१जनरल बिपिन रावत

२. मधुलिका रावत

३. ब्रिगेडियर एलएस लिद्दर

४. ले। क। हरजिंदर सिंह

५. नायक गुरसेवक सिंह

६. नायक. जितेंद्र कुमार

७.लांस नायक विवेक कुमार

८. लांंस नायक बी. साई तेजा

९. हवलदार सतपाल

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  २ : २० बजे