‘एउटै नाउरको सिकार गर्न २३ लाख’

टी–२० विश्वकप छनोट : नेपाल समूह  ‘ए’ मा

काठमाडौँ । अस्ट्रेलियामा हुने तय भएको आइसिसी टी–२० पुरुष विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । 

ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् ।

समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । खेल सन् २०२२ को १५ देखि २५ फेब्रुअरीसम्म आयोजना हुनेछ । जिम्बाम्वेमा हुने तय भएको समूह ‘बी’ मा जिम्बाबेसहित हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवान्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । यो समूहका ८ देखि १८  जुलाईसम्म  हुनेछ ।

ग्लोबल छनोटबाट दुवै समूहका शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । आयोजक अस्ट्रेलिया, साबिक विजेता न्युजिल्यान्ड, उपविजेता पाकिस्तान, इंग्ल्यान्ड, भारत,, दक्षिण अफ्रिका, अफगानिस्तान र बङ्गलादेशले भने विश्वकपको सुपर १२ मा स्थान बनाइसकेका छन् ।

वेस्टइन्डिज, श्रीलङ्का, नामिबिया र स्कटल्यान्डले भने विश्वकपमा स्थान बनाउन  ग्लोबल छनोटबाट आएका चार टोलीसँग खेल्नुपर्नेछ ।

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : ०५ बजे