दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज राष्ट्रपतिले उद्घाटन गर्नुहुँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाई बाँड्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै हुनुहुन्छ ।

मङ्गलवारबाट सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन आज गर्न लागिएको हो । २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाई बाँड्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २३ गतेसम्म हायात होटलमा चल्नेछ।

भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको हो । 

सम्मेलनका लागि अमेरिका,भारत र न्युजिल्यान्डबाट विज्ञ सहभागी हुनुहुन्छ । कोभिडका कारण अन्य देशका विज्ञहरू भने जुमबाट सहभागी भइरहनुभएको छ ।

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ३५ बजे