दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

महिला जनप्रतिनिधिमाथि दुर्व्यवहार गर्ने माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ

धनगढी । डेल्धुरामा महिला जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले नेकपा माओवादी केन्द्रका नगर अध्यक्षलाई पक्राउ गरेको छ ।

जिल्लाको परशुराम नगरपालिकाकी महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा माओावादीका नगर अध्यक्ष शेरसिंह माल ‘डायमन्ड’ लाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

उनले जिल्लाको परशुराम नगरपालिकाकी वडा सदस्यलाई दुर्व्यवहार गरेका थिए ।  
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) देवेन्द्र पालले पीडित महिलाले दिएको जाहेरीका आधारमा नगर अध्यक्ष माललाई मंगलबार पक्राउ गरिएको जानकारी दिनुभयो  ।

 मालमाथि केही दिन अघि रंगुन खोला नजिकै एक जनप्रतिनीधि महिलामाथि हातपात तथा गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोप  छ ।

पक्राउ परेका माललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ५३ बजे