दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

स्थानीय तहका १६१३ कर्मचारीको एकै पटक सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक स्थानीय तहका १६१३ कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको हो।

लोक सेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारीको छनोट प्रदेशगत रुपमा गरिएको थियो।

मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तर स्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्ने हुन्छ। 

यसरी दोहोरो सहमति लिएर निवेदन पेस गरेका स्थानीय तहका कर्मचारीको सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार अन्तर स्थानीय तह कामकाजमा खटिनका लागि निवेदन दिएका ५७ कर्मचारीको विवरणमा कैफियत देखिएकाले सरुवा गर्न नसकिएको पनि जानकारी दिएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ३५ बजे