साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोइरालटारमा सामूहिक आलु खेती गर्दै किसान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ५ कोइरालटारमा सामूहिक आलु खेती सुरु गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीय किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलु खेती सुरु गरेका हुन् ।

नयाँपानी भूमि अधिकार कृषक समूह र सिडिसिएफको सहकार्यमा १५ घर लाभान्वित हुने गरी यो वर्ष २० बोरा आलु रोपिएको हो । किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्‍याउन बिजवृद्धि सहित परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूह र सिडिसिएफले जनाएको छ । 

निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न समुहमार्फत् आलुको व्यावसायिक खेती परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो । महिला आत्मनिर्भरताको सुनिश्चितताको लागि महिलाहरूको ७० प्रतिशत सहभागिता रहेको आचार्यले बताउनुभयो ।  

यसअघि आफ्नै घरमा मात्र खपत हुने गरी आलु खेती गर्ने किसानले यो वर्ष भने परियोजनाअन्तर्गत व्यवसायीकरण  आलु खेती गरेका हुन् । परियोजनाले किसानलाई आलु खेतीका बारेमा आवश्यक ज्ञान, सीप प्रदान र  कृषि प्राविधिकसमेत सहयोग गर्ने छ । 

 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४१ बजे