‘एउटै नाउरको सिकार गर्न २३ लाख’

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

बागमती । कोरोना सङ्क्रमण  विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । 

हेटौंडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना  सङ्क्रमण हुनुअगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १२ : १६ बजे