थप २६५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ११४ र एन्टिजेन विधिबाट १ हजार ५०३ जनामा परिक्षण गर्दा २६५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २२ हजार ८६० र एन्टिजेनबाट ९५ हजार ६१९ जना पुगेको छ । यस्तै, आज थप ३५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४ हजार ९०१ जना पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५५३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ । नेपालमा आज मात्र काेरेानाकाे नयाँ भेरियन्ट ओमिक्राेनका २ जना संक्रमित फेला परेका छन् ।

मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार ६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको हाे । संक्रमित दुवै जना कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ४ : ५४ बजे