साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

भारतमा कोभिड संक्रमित घट्न थाले, २४ घण्टामा तीन लाख ३० हजार नयाँ संक्रमित

नयाँ दिल्ली – भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको पाइएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख २९ हजार ९४२ जना नयाँ संक्रमित थपिएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड २९ लाख ९२ हजार पुगेको छ । 

यसैबीच, कोभिड–१९ को महामारीका कारण २४ घण्टामा थप तीन हजार ८७६ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ४९ हजार ९९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा हाल ३७ लाख १५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् जुन अघिल्लो दिनभन्दा ३० हजारले कमी हो । हालसम्म एक करोड ९० लाख २७ हजार व्यक्ति कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । 

कोरोनाभाइरसको दोस्रो लहरका कारण ठूलो मानवीय क्षति भइरहे पनि सरकारले देशव्यापी लकडाउन नगरिने स्पष्ट गरेको छ । कतिपय राज्यले राति कफ्र्यु लगाएका छन् भने केहीमा आंशिक लकडाउन गरेका छन् । 

कोरोनाभाइरसको संक्रमणबाट निकै प्रभावित राजधानी नयाँ दिल्लीमा आगामी मे १७ सम्म लकडाउन घोषणा गरिएको छ । 

मन्त्रालयका अनुसार गत जनवरीबाट शुरु भएको खोप अभियान मार्फत् हालसम्म १७ करोड २० लाख व्यक्ति लाभान्वित भएका छन् । गत मे १ तारिखबाट शुरु भएको तेस्रो चरणको खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई खोप दिन थालिएको छ । 

यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर हालसम्म ३० करोड नमुना परीक्षण गरिएको जनाएको छ ।
 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १२ : ४२ बजे