रविलाई भोलि काठमाडौं ल्याइने

‘कम्फरटेवल’ सरकारवालाको त्रासदीको त्यो रुप

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको बिश्वासको मतमाथि छलफल भइरहँदा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवहरुमा ठूलै त्रासदीले डेरा जमाएको देखियो । प्रधानमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकेपछि प्रधानमन्त्री ओलीले आफैं विश्वासको मत लिने निर्णय गर्नुभयो । संसदीय परम्परामा यो सामान्य राजनीतिक अभ्यास हो । तर प्रधातनमन्त्रीको बिश्वासको मत माग्ने निर्णयपछि के कारण हुनसक्छ भनेर तीन जनै नेताले लगभग बाँकी समय त्यसमै खर्च गरे ।

उनीहरुभित्रको तनाव र कमजोर राजनीतिक मनोविज्ञान सोमबार प्रतिनिधिसभा बैठकमा प्रदर्शन भयो । प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा १ बमोजिम बिश्वासको मत लिने निर्णय लिनुभयो । त्यस अनुसार, बिश्वासको मत प्राप्त नभएमा प्रधानमन्त्री स्वत पदमुक्त हुने व्यवस्था त्यही धाराको उपधारा ३ मा छ । 

तर देउवा, प्रचण्ड र उपेन्द्र यादवलाई शायद संविधानको उक्त व्यवस्थाबारे जानकारी रहेनछ । वा भएर पनि आफूहरुप्रति बिश्वास रहेनछ । उहाँले रोष्ट्रमा उभिएर बोल्दा बिश्वासको मत नपाएपछि तुरुन्त राजिनामा दिएर अर्को सरकार  बन्ने मार्गप्रशस्त गर्न आग्रह गर्नुभयो । जवकि प्रधानमन्त्रीले राजिनामा दिनुपर्दैन । स्वतः पदमुक्त भएपछि राष्ट्रपतिले ७२ (२) को सरकार बनाउन आग्रह गर्ने संवैधानिक व्यवस्था नै छ ।

प्रधानमन्त्री ओलीसँग तर्क, बहस, तथ्य,  ज्ञानले नसक्ने भएपछि हतास भएका विदेशीका लागि आरामदायी सरकार बनाउनेहरु संविधानको धारासमेत पढ्न सक्ने अवस्थामा छैनन् । त्यहीभएर दिनैनपर्ने राजिनामा माग्छन् । त्यतिमात्र नभएर, सोमबारको बैठक सकिएपछि ७६ (२) को सरकार बनाउन आब्हान गर्न राष्ट्रपतिलाई संयुक्त पत्रसमेत लेखे । जुन पत्र लेख्नै पर्दैनथ्यो, स्वभाविक रुपमा राष्ट्रपतिले सरकार बनाउन आब्हानको तयारी गरिरहनु भएकै थियो, त्यही लेखेर बुझाए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १२ : ०० बजे