एमालेको सचिवालय बैठक सुरु

कमल थापाले संझिए मार्मिक गीत ” यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने ?”

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले एउटा कविता लेख्दै  " यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो?" भनी बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत एउटा कविता उल्लेख गर्दै  थापाले " यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो?" भन्दै प्रश्न गर्नु भएको हो ।

हिन्दु राष्ट्र र राजसंस्था मान्यता बोक्दै निरन्तर आवाज उठाउँदै आएका थापा अध्यक्ष पदमा पराजित भएपछि निर्मल निवासको नांगो हस्तक्षेपका कारण आफू पराजित हुन पुगेकोसमेत बताउनुभएको छ । उहाँले  राजसंस्था र हिन्दु राष्ट्रको आफ्नो मान्यतामाथि अन्तर्मन भित्र गम्भीर प्रश्न चिन्ह खडा भएको उल्लेख गर्नुभएको छ । 

कवि राजेन्द्र थापाको कविता सम्झन मन लाग्यो भन्दै थापाले कविता उल्लेख गर्दै भन्नुभयो :

'पोहोर साल खुशी फाट्दा

जतन गरि मनले टाले

त्यहि साल माया फाट्यो

त्यसलाई पनि मनले टाले

यसपाली त मनै फाट्यो

केले सिउने केले टाल्ने हो?'

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : १५ बजे