एमालेको सचिवालय बैठक सुरु

ज्ञानेन्द्र शाहलाई बोकेर नहिँड्ने राप्रपा कमल थापा समूहको निष्कर्ष

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापा र उहाँको समूहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अब  ‘नबोक्ने’ निष्कर्ष निकालेको छ ।

दरवारमार्गस्थित याक एन्ड यति होटेलमा राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङ्देनसँग पराजित भएलगत्तै बसेको थापा समूहबाट निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक समीक्षा बैठकले सो निष्कर्ष निकालेको हो । 

अध्यक्ष लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका अन्य विजयी पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको प्रारम्भिक समीक्षा बैठकका अधिकांश सदस्यले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकाल्दै अब पूर्वराजालाई साथ दिन नहुने निश्कर्ष निकालेको  बैठकमासहभागी एक नेताले बताउनुभयो। 

बैठकमा सहभागीका अनुसार पूर्वराजाका सचिवालयका सदस्यहरू पशुपतिभक्त महर्जन, सागर तिमल्सिना र फणिराज पाठकलगायतले प्रतिनिधि तथा नेताहरूलाई भेटघाट गरी थापाको विपक्षमा माहोल बनाएको निष्कर्षसमेत बैठकले निकालेको छ । 

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : १३ बजे