‘नेशनल डे कन्सर्ट’ सम्पन्न

इटलीका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनी फेरि अस्पताल भर्ना

रोम । इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनी फेरि अस्पताल भर्ना हुनुभएको छ ।

अदालतमा सुनुवाई चलिरहेका बेला उहाँलाई बुधबार फेरि अस्पताल भर्ना गर्नुपरेको उहाँका वकिलहरूले जानकारी दिएका छन् ।

“गत सोमबारदेखि नै उहाँलाई स्वास्थ्यमा समस्या देखिएको थियो, त्यसपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ,” मिलानमा भएको सुनुवाइका क्रममा उहाँका वकिल फेडेरिको सेक्केनीले भन्नुभयो ।

सन् १९८० को दशकदेखि इटलीमा प्रभावशाली व्यक्तिका रूपमा रहनु भएका बेर्लुस्कोनी इटलीको तीन पटक प्रधानमन्त्री बन्नु भएको थियो । 

उहाँ सञ्चार उद्यमीसँगै अरू धेरै व्यवसायिक संलग्नताका कारण देशमा प्रभावशाली बन्दै राजनीतिक नेतृत्वमा आउनु भएको हो । 

लामो समय देशमा निर्णायक जस्तै बन्दै आउनु भएका बेर्लुस्कोनी पछिल्लो केही समयदेखि अस्वस्थ हुनुभएको छ । उहाँ अहिले ८४ वर्ष पुग्नु भएको छ ।

सन् २०१६ मा उहाँको मुटुको शल्यक्रिया गरिएको थियो । गत सेप्टेम्बरमा पनि उहाँलाई ११ दिन अस्पताल राख्नु परेको थियो । उहाँलाई त्यतिबेला कोरोनाभाइरसको सङ्क्रमणसमेत पुष्टि भएको थियो ।  

उहाँको उपचारमा संलग्न चिकित्सक र उहाँका सहयोगीहरूले बेर्लुस्कोनीको अवस्था स्थिर नै रहेको र चिन्ता गर्नु नपर्ने बताएका छन् । 

शक्ति र स्रोतको दुरूपयोग गरेको र आर्थिक अनियमितता गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनीमाथि अहिले अनुसन्धान भइरहेको छ ।रासस÷एएफपी

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ७ : ४८ बजे