राष्ट्रपति पुटिनको भ्रमणका क्रममा भारत र रुसबीच विभिन्न सम्झौता, महत्वपूर्ण विषयमा छलफल हुने

नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत(रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै हुनुहुन्छ।

नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।

शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्नुहुने जनाइएको छ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले डिसेम्बर ६ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भारत र रुसको वार्षिक शिखर सम्मेलनको लागि नयाँ दिल्लीको औपचारिक भ्रमण गर्नुहुने,ू विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसअघि  बताइसक्नु भएको छ।
शिखर सम्मेलनले क्षेत्रीय बहुपक्षीय र पारस्परिक हितका अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बागचीले बताउँनुभयो।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ४ : ४२ बजे