श्रोत नखुलेको ९ लाख रुपैयाँसहित पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित सीमा ईलाकाबाट श्रोत नखुलेको नौ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले मंसिर १७ गते भारतको मधुवापुर घर बताउने अभिराम पुर्वेलीलाई पक्राउ गरेको छ ।

बि आर ०७ सि जे ७९५९ नम्बरको भारतीय स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका निजलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

त्यसवेला उनको साथमा एक थान मोबाईल सेट , एउटा सुनको हनुमानको माला र उक्त स्कुटर समेत बरामद गरिएको हो ।
पक्राउ परेका पुर्वेलीलाई बरामद रुपैया, सुनको माला, मोवाईल सेट र स्कुटरसहित आवश्यक कारवाहिका लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : ५५ बजे