‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दाङका छ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा सुरु

दाङ ।  दाङका छओटा पालिकामा  आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो । 

जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीबारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जनाएको हो । ती पालिकाका करिब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ ।यस पटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १९ गतेसम्म लगाइने भएको छ । यसअघि गत मङ्सिर १२ गतेदेखि १७ गतेसम्म तुलसीपुरसहित पश्चिम दाङको शान्तिनगर, दङगीशरण र बबई गाउँपालिकामा भेरोसिलको पहिलो मात्रा खोप लगाइएको थियो ।
उनीहरुलाई आउँदो पुस ४ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने  जनाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  २ : ५१ बजे