भारतमा चौथो व्यक्तिमा पनि देखियो ओमिक्रोन

नयाँ दिल्ली । भारतमा अर्को एक जनामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । 

महाराष्ट्रका एक ३३ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको हो । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्रोन भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार जना पुगेको छ ।

पेसाले समुद्री इन्जिनियर ती व्यक्तिले कोभिडको दुवै खोप लगाएका थिए । मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वरो देखिएको थियो । उनको मुम्बईस्थित कोभिड केयर सेन्टरमा उपचार भइरहेको छ । 

उनको सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरूको पनि कोभिड परीक्षण गरिएको छ। उनीहरू सबैको नेगेटिभ रिपोर्ट आएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि जाम्बियाबाट फर्किएका एक व्यक्तिमा पनि ‌ओमिक्रोन भेरयन्ट देखिएको थियो ।  एजेन्सी

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ३२ बजे