सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

राप्रपाको महामन्त्रीमा पराजित भइन् रेखा

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  महामन्त्रीमा उम्मेदवारी दिएकी रेखा थापा ३६८ मतान्तरले पराजित भएकी छिन् । नायिका समेत रहेकी उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी हुन् ।

आज बिहान सार्वजनिक भएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरेकी हुन् ।

शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट चुनावी मैदानमा उत्रिएकी थिइन्। अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन्।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ५२ बजे