विश्व इतिहासमा आजः अमेरिकामा मदिरामाथिको प्रतिबन्ध हटाइएको त्यो दिन

एजेन्सी । आज ५ डिसेम्बर । विश्व इतिहासमा आज भएका केही स्मरणीय घटना छन्, जसलाई तल प्रस्तुत गरिएको छ । 

इजिप्टद्वारा अरब देशसँग सम्बन्ध तोडेको घोषणा
सन् १९७७ मा इजिप्टले सम्पूर्ण अरब देशहरुसँग आफ्नो सम्बन्ध तोडेको घोषणा गरेको थियो । तत्कालिन राष्ट्रपति अनवर अल सदतले सिरिया, लिबिया, अल्जेरिया र दक्षिण यमनसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए । ती देशहरुको इजिप्टप्रतिको एक्यबद्धताविरुद्ध तथा प्यालेस्टाइन स्वतन्त्र संगठनले त्रिपोली घोषणापत्रमा हस्तक्षर गरेपछि अनवरले सम्बन्ध तोडेका थिए । सो घोषणापछि अनवरले इजरायलको भ्रमण गरेका थिए । 

क्रिगिज सोभियत समाजबादी गणतन्त्रको स्थापना
सन् १९३६ मा क्रिगिज सोभियत समाजबादी गणतन्त्रको स्थापना भएको थियो । क्रिगिज सोभियत रिपब्लिक सोभियत संघको गणतन्त्रको रुपमा स्थापना भएको थियो । 

अमेरिकामा मदिरामाथिको प्रतिबन्ध हट्यो
अमेरिकामा लामो समयसम्म मदिरामाथि प्रतिबन्ध लगाइएको थियो । सन् १९२० मा मदिरामाथि लगाइएको प्रतिबन्ध २१ औं संशोधनमार्फत सन् १९३३ मा अन्त्य गरिएको थियो । 

बेलायतको नागरिक साझेधार ऐन कार्यान्वयनमा
सन् २००५ मा बेलायतको नागरिक साझेधार ऐन २००४ कार्यान्वयनमा आएको थियो । संसदबाट पारित भएको एक वर्षपछि यो कार्यान्वयनमा आएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ४४ बजे