देशभर चिसो बढ्यो : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज प्रदेश १ को पहाडी भू–भागको एक/दुई स्थानहरूमा हल्का वर्षा हुनुको साथै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज देशभर चिसो बढ्ने क्रम रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्नेछ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रदेश १ र प्रदेश न २ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।  

महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

राती प्रदेश १ को पहाडी भू–भागमा  आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू–भागको एक÷दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार दिउँसो सुदुरपश्चिम र  कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी  प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको साथै सुदुरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

राती सुदुरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदुरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

त्यस्तै सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली, प्रदेश नं १  र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, सुदुरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं १, बागमती,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, सुदुरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : १२ बजे