थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ७ हजार ८३६ जनामा परिक्षण गर्दा २४६ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ३४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५३५  पुगेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : १६ बजे