साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

कक्षा १२ उत्तीर्ण भइन् करिश्मा

काठमाडौँ । नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् ।

आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले मानन्धरले जानकारी दिइन् ।  ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, उनले  भनिन्, ‘तर, समग्रमा मेरो २।४१ जीपीए आएको छ ।’

गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज ९किटनी कलेज०मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’

किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् ।

यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ३ : ४२ बजे