सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

राप्रपा महाधिवेशन : अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनकाे उम्मेदवारी दर्ता

काठमाडौ‌ । कमल थापा र राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता गर्रेनुभएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा शुक्रबार दिउँसो साढे १ बजेसम्म थापा र लिङ्देनको मात्र अध्यक्षमा उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो  ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।

सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उहाँले बताउनुभयो  । थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको हो । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  २ : ३४ बजे