दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ

काठमाडौं – रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-४ घर भएका २७ वर्षीय राम बहादुर खत्री र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ बस्ने कास्की लेखनाथ घर भएका ४० वर्षीय गंगा बहादुर पुन रहेका छन् ।

रक्तचन्दनको तेल प्रति लिटर नगद ५ लाख रुपैयाँको दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त तेल सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १२ : ४७ बजे