सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

एमाले अध्यक्ष ओलीको आज पदबहाली

काठमाडौं । दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज केन्द्रीय कार्यालयमा पदबहाली गर्नुहुने भएको छ ।

एमाले पार्टी कार्यालय सचिव तथा नवनिर्वाचित केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार अध्यक्ष ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्नुहुनेछ ।

एमालेले नवनिर्वाचित नेताहरुको कार्यविभाजन, स्थायी र पोलिटब्यूरो कमिटी गठनलगायतका काम टुंग्याउन संमिर २४ र २५ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको जनाइएको छ ।

चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमार्फत भीम रावललाई भारी मतान्तरले पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ५३ बजे