सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

काँग्रेस प्रदेश अधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको छ । आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्य तालिका तय भएको छ भने शनिवार मतदान हुनेछ । 

१ सय ६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३ सय३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउनेछन् । 

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्नुभएको थियो । तर, प्रदेश नम्बर १ मा उद्घाटन सत्र हुन सकेन । 

प्रदेश १ मा आज बिहान उद्घाटन सत्र हुँदैछ । त्यहाँ पनि आज नै उम्मेदवारको मनोनयन दर्ताको कार्य तालिका छ ।

मुलुक सङ्घीयता गएपछि काँग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको हो ।

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ५७ बजे