साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काभ्रेपलाञ्चोकमा बस्यो देशकै पहिलो “छोरी पञ्चायत”

काठमाडौं ।  नेपालमै पहिलो पटक आयोजना भएको “छोरी पञ्चायत” कार्यक्रममा बालिकाहरूले सामाजिक, आर्थिक र राजनीतिक अधिकारको माग गरेका छन् ।

काभ्रेपलाञ्चोकको नमो बुद्ध नगरपालिकाको  बोहरे गाउँमा आज देशकै पहिलो “छोरी पञ्चायत” कार्यक्रम सम्पन्न भएको छ । भारतबाट महिला अधिकारको आवाज उठाउने सुनिल जगलानले नेपालमा बालिकाको अधिकारको लडाइँ सुरु गर्न निकै रमाइलो ढङ्गले छोरी पञ्चायत कार्यक्रमको आयोजना गरेका थिए, जसमा विद्यालयका छात्राहरूबाहेक वरपरका गाउँका महिलाहरूले पनि सहभागिता जनाएका थिए ।

यसमा पहिलो पटक छोरी पञ्चायतको अध्यक्षमा रमा निर्वाचित भएकी थिइन
त्यसपछि संस्कृति र पितृ सत्ताको प्रतीक मानिएको नेपालको राष्ट्रिय ढाका टोपी रमालाई लगाइयो र संस्कृतिमा समानता कायम होस् भन्ने उद्देश्यले उनको अध्यक्षतामा छोरी पञ्चायत भएको थियो जसमा बालिकाहरूले खुलेर आफ्नो विचार व्यक्त गरेका थिए । 
कार्यक्रममा रमाको सचिवको भूमिका सुनिल जगलानले निभाएका थिए ।

सविना रेग्मीले अहिले छोरीलाई सामाजिक अधिकार दिनुपर्ने बताइन् तर छोरा बराबर परिवारले छोरीहरूलाई खाना नदिँदा कसरी राजनीतिक र सामाजिक अधिकार प्राप्तिको  आशा गर्ने सकिन्छ भन्ने प्रति प्रश्न गरेकी थिईन ?  कार्यक्रममा सगिता श्रेष्ठले  नेपाली समाजमा अझै पनि  छोरी जन्माउन सङ्घर्ष गर्नुपर्ने बताइन् । अब छोरी पञ्चायतको आवाजले हाम्रो अधिकारलाई सचेततापूर्वक रक्षा गर्नुपर्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।
दिया डोटेलले भनिन्, हाम्रो देशमा पनि भारतका सुनिल जगलानजस्ता केटीहरूलाई सहयोग गर्ने दाजुभाइ हुनुपर्छ ।

माया मोक्तानले आजसम्म आफ्नो सम्पत्तिको हक पनि नपाएको बताइन् ।
पञ्चायतको अन्त्यमा २० वर्ष नपुग्दै युवतीसँग विवाह गर्नेलाई ३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना गर्ने सामूहिक निर्णय भएको थियो । यसका साथै यसमा संलग्न व्यक्तिलाई जरिवानासँगै सजायको व्यवस्था हुनुपर्छ । यसका साथै छोरीहरूलाई उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक अधिकार पनि दिनुपर्छ।

छोरी पञ्चायतका संयोजक सुनिल जगलानको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपतिबाट पटक पटक प्रशंसा भइसकेको छ भने अन्तर्राष्ट्रिय सङ्घसंस्थाले उनको अभियानलाई भारतमा सकारात्मक परिवर्तनको आधार मानेका छन् । सन् २०२१ को जुन महिनामा नेपालमा “सेल्फी विथ डटर” अभियान सुरु गरिएको थियो, जसलाई यहाँ निकै मन पराइएको छ र सेल्फी विथ डटरका तीन विजेतालाई २१ हजार, ११ हजार र ५१०० रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
नेपालका तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोले उक्त अभियानमा सहभागी भई प्रशंसा गर्नुभएको थियो ।

छोरी पञ्चायतका संस्थापक सुनिल जगलानले नेपालमा बालिकाको अधिकारका बारेमा चेतना अभिवृद्धि गर्ने र पुरुषले आफ्नो अधिकार खोस्ने कुरीति त्याग्नुपर्छ भन्ने अनुभूति गराउने प्रयास गरिरहेको बताए । 

छोरी पञ्चायतमा नमो बुद्ध नगरपालिकाका उपमेयर रामदेवी तामाङको सहभागिता थियो भने नेपाल इन्टरनेट फाउण्डेसनको टोलीको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ३ : ११ बजे