‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कक्षा १२ को नतिजा आजै आउन सक्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी गरेको छ ।  बोर्ड स्रोतका अनुसार सकभर आज नभए भोली सम्म नतिजा प्रकाशित हुने छ । स्रोतका अनुसार अहिले ३ बजे बोर्डले बैठक बोलाएको छ । बैठकमा परीक्षाको सबै तयारीको अवस्थाबारे तयार गरीएको (डमी) देखाउने र डमी ओके भएपछि परीक्षाफल प्रकाशित गर्ने तयारी छ ।

बोर्ड स्रोतका अनुसार डमीमा केही समस्या भए भोलीसम्म परीक्षाफल प्रकाशित गरिने छ । सकभर आज नभए भोली बिहीबारभित्र परीक्षाफल प्रकाशित हुनेछ स्रोतले भन्यो । भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा परीक्षामा परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी सहभागी छन् । 

ससैबीच कोभिडको कारण परीक्षा दिन नपाएका परीक्षार्थीले आजबाट परीक्षा दिएका छन् । परीक्षामा कोभिडका कारण परीक्षा दिन छुटेका ४१ जना विद्यार्थी सहभागि छन् । यी विद्यार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गर्ने तयारी छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  २ : ३४ बजे